काठमाडौं— मंगलबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसदहरुले अहिले देशभर भइरहेको मलको हाहाकार, काठमाडौं उपत्यकाको पानीको समस्या, प्राकृतिक प्रकोपले निम्त्याएको क्षति, चाडबार्डको पूर्वसन्ध्यामा भएको महंगी लगायतका विषयमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालमार्फत सरकारको ध्यानाकर्षण गराए । साथै बैठकमा विपक्षी दलले सरकारको कामकारबाही माथि टिप्पणी गरे । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले सरकारले राज्यका सबै संयन्त्रहरू कब्जा गरेर राज्य आतंक मच्चाउने प्रयास गरेको आरोप लगाए । सरकारले संवैधानिक निकायदेखि न्यायालयसम्म नियन्त्रण गर्ने प्रयास गरेको आभास भइरहेको टिप्पणी गर्दै संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलामा प्रधानन्यायाधीशसमेत अल्पमतमा पर्ने अवस्था आउनु न्याय सम्पादन प्रक्रियाकै मजाक भएको टिप्पणी गरे । उनले पुरुषलाई बहुविवाह गर्न दिने अधिकारसम्बन्धी कानुनी मस्यौदाको समेत विरोध गर्दै उक्त प्रस्तावलाई अस्वीकार्य करार गरे ।
देश


प्रतिक्रिया