राजनीति

रास्वपालाई झनै पेल्दै ओली, रविमाथि गालीको वर्षा, देउवासँग हात मिलाएर प्रचण्डलाई प्रहार (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको संसद बैठकमा आफ्नो तुर्कमेनिस्तान भ्रमणको उपलब्धिबारे जानकारी गराएका छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्किएका थिए । साउन १८ गते राति त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भएका भेटघाट र कार्यक्रमबारे संसद्लाई जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले पछिल्लो पटक सरकारले गरेका कामको फेहरिस्त पनि प्रस्तुत गरे । उनले सरकार छिट्टै ढल्छ भन्ने आशङ्कालाई चिर्दै वर्तमान समीकरण २०८४ सालसम्म नै कायम रहने दाबी गरे । आफूले जनताको हितका विषयमा बोल्दै आएको र राजनीतिक तथा नीतिगत स्थिरता कायम गर्न एवं बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन संसद्का दुई प्रमुख दलहरू मिलेको प्रधानमन्त्री ओलीले बताए ।