भारतका चोंगरेंग कोरेनलाई हराउँदै नेपालका रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल भएका छन् ।
गएराती भारतको नोएडामा भएको खेलमा कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै बझाङ घर भएका रवीन्द्र च्याम्पियन बनेका हुन् ।आफ्नो व्यावसायिक रेकर्ड ८-१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच(लडाईको जितको श्रृंखलालाई भंग गरिदिए । रवीन्द्र उक्त उपाधी जित्ने पहिलो नेपाली फाइटर बनेका छन् ।


प्रतिक्रिया