मनोरञ्जन

केटी माग्दा नदिएपछि म…

"?????????????????? ?????????????????? ????????? ???????????? ??????"

योहो संवाददाता

बेलुकिपखको समय छ । कोइराले गल्लीको उकालै उकालो एक्लै हिँडिरहेको हुन्छु । निक्कैबेर उकाली चढिरहँदा पसिनाले शरिर लुथ्रुकै भिजेको छ । अझै भनौ अनुहारदेखि पसिनाको थोपा तपतप चुहिरहेका छन् । दिखुवा खोलादेखि त्यस गल्लीसम्म आउँदा नाक ठोकिने उकाली पर्छ । तैपनि त्यतिका धेरै उकालो चढेर थोरै समथर जमिनमा पाइताला चाल्न पाउँदा मन हल्का शान्त हुन्छ । यहाँ आएपछि मरेर मरेर आइ पुगियो मनमनै भन्छु । त्यसपछि कदमहरु सुस्तरी अगाडी  बढाउँन थाल्छु ।

गल्लीको ठीक दाहिनेतिर एउटा सानो गोठ छ । त्यो बस्तु गोठ हाम्रो कान्छा काकाको गोठ हो । काकालाई चाम्लिङ भाषामा बाबै भन्ने गरिन्छ । प्रायजसो बाबैको गोठमा एक माउ भैसी र एक हल गोरु बाधिरहेको देख्न सकिन्छ । बेलुकि रिमरिम अँध्यारो हुन थालेको छ । गाउँमा बिजुली बत्ति छैन् त्यसैले एकछिनपछि राकाचुप्प अँध्यारो हुन्छ है भन्ने मनमा लाग्छ । वास्तवमा त्यतिबेला अँध्यारो मात्र होइन गाउँ बिलकुल सुनसान छ । एकदम कोलाहलमय छ । तर चकमन्न र उदाश हुँदै गइरहेको छ ।

हुनत हरेक बेलुकि यस्तै बेलातिर गाउँदेखि पारि रहेको दम्कुडाँडा जङ्गलमा स्यालहरु कराउँने गर्दथ्यो । यहाँदेखि स्याल कराएको आवाज मज्जाले सुनिन्थ्यो । तर त्यसबेलासम्म स्यालहरुले मुख खोलिहालेका थिएनन् । त्यति सुनसान वाताबरणमा म बिना आवाज गल्लीमुनिको त्यो गोठ नजिकै पुग्छु । गोठमा पुग्दा बाबै गोठको कुनामा निहुरिएर घास उचाल्न खोजिरहेको दृश्य देख्छु । उहाँको सिरमा पाल्पाली ढाका टोपी देहमा मैला खाडिको दौरा सुरुवाल र नाङ्गो खुट्टा छन् । तर मैले हेर्दाहेर्दै बाबैले एकभारी पटमेरोको डालेघाँस भैसीलाई झ्वाम्मै हाल्दिनु हुन्छ ।    

त्यस्तो दृश्य देखिएपछि, “बाबै ! बस्तुलाई घाँस हाल्दै हुनुहुन्छ ?” मसिनो स्वरमा भन्छु ।

अचानक मैले त्यसो भनेको सुनेर बाबै पहिले एकचोटी थैलुङ्गै गरेर झस्कनु हुन्छ । त्यसपछि मतिर फर्केर हेर्दै बोल्न थाल्नु हुन्छ, – “खुबै को हो भनेको त लाहुरे पो रहेछ । अनि पछाडी झोला पनि बोकिरहेको छस् । निक्कै टाढै पुगेर आको कि के हो ?” बाबैले बेलुकिपख अलिक राम्ररि आँखा देख्नु हुन्न त्यसैले चश्मा मिलाउँदै त्यति भन्नुहुन्छ ।  

“दिक्तेल गएर आको – बाबै,” संक्षिप्तमा जबाफ फर्काउँछु ।

“लु लु गर्यौ, गर्यौ । (मतिर हेर्दै) हेर ! यति कलकलाउदो उमेर छ । त्यसैले बेलैमा बेस्सरि घुमफिर गर्नुपर्छ । अनि यसै पालि बिहे पनि गर्छस् कि अर्को छुट्टीमा गर्छस् ?” थोरै उत्सुक्त्ताको साथ बाबैको मुखदेखि दोश्रो प्रश्न आउँछ ।

“अब अर्को छुट्टीमा,” झन छोटो जबाफ फर्काउँछु ।

काका भतिजको प्रश्न र उत्तर गर्ने क्रम सकिन्छ । त्यसपछि, – “बाबै ! म गए है,” भनेर अन्तिमचोटी बिदा माग्छु र फेरि लुखुरलुखुर गल्लिको बाटो लाग्छु ।

चौवालिस सालको कुरो हो । बेलायती गोर्खा सेनामा भर्ती भएर गाको तीन बर्ष भएपछि छे महिनाको छुट्टीमा गाउँ फर्केर आएको थिएँ । पहिलो छुट्टी थियो र एकदम रमाईलो गरेर मनाइ रहेको थिएँ । हुनत छुट्टी आएको पाँच महिना पुरा भैसकेको थियो । छुट्टीमा निस्कदा पहिले धरान निस्केको थिएँ । त्यसपछि आफू जन्मेर हुर्केको गाउँ आएको थिएँ । गाउँमा आएपछि त्यतिक्कै हल्लिएर निक्कै लामो समय ब्यतित गरें अनि काठमान्डु र पोखरासम्म घुमेर पुनः दोश्रोचोटी गाउँ फिरेको थिएँ ।  

“�