राजनीति

नेपाल–चीनबीचका १४ वटा व्यापारिक नाका सञ्चालनमै छन् : प्रधानमन्त्री


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचको १४ वटा परम्परागत व्यापारिक नाकाहरुमध्ये १३ नाका पुनःसञ्चालनमा आइसकेको बताएका छन् । बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उनले बझाङ जिल्लाको उरैभञ्ज्याङ सुचारु गर्नका लागि कुटनीतिक पहल भइरहेको बताए ।

उानले सीमा नाका रहेको जिल्लाका नेपाली नागरिकलाई चीन आवगमनका लागि अनुमति पत्र उपलब्ध गराउन कार्यविधिसेमत कार्यान्वयनमा आइसकेको बताए। व्यापारिक नाका सञ्चालन तथा सीमा व्यवस्थापनबारे सन् २०१९ मै नेपाल र चीनबीच हस्ताक्षर भएको प्रधानमन्त्रीको भनाइ छ ।प्रधानमन्त्री ओलीले नाका सञ्चालनमै रहेपनि हिउँ परेका कारण अस्थायी रुपमा केही नाकाबाट आवागमन हुन नसकेको हुनसक्ने बताए ।