काठमाडौं—आजदेखि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित ९ उच्च अधिकृतहरू एकसाथ अवकाशमा जाँदैछन्। प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक्षकहरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई पनि अवकाशमा जान लाग्नुभएको हो ।
त्यस्तै डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदै हुनुहुन्छ । तर, सरकारले अहिलेसम्म आगामी महानिरीक्षकको टुंगो लगाएको छैन । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ महानिरीक्षकको प्रतिस्पर्धामा हुनुहुन्छ ।
सरकारले आज बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने तयारी गरेको छ। प्रहरी महानिरीक्षक नियुक्तिमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई आधार मान्ने नियमावलीमा व्यवस्था छ।


प्रतिक्रिया