काठमाडौं—सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
बैठकमा समसामयिक विषयमै छलफल हुने उहाँले बताउनुभयो । संसदको हिउँदे अधिवेशन, राजावादीहरुको आन्दोलन र पार्टीका गतिविधिबारे छलफल हुने नेताहरूले बताएका छन् ।


प्रतिक्रिया