राजनीति

सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको छ : सञ्चारमन्त्री

योहो संवाददाता

काठमाडौं—सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसक्नु रहेको उल्लेख गरे ।

उनले अर्थतन्त्रको समस्या सुधार गर्न सरकार लागिपरेको भएपनि वाञ्छित सफलता हाँसिल गर्न नसकिरहेको बताए । सरकारले श्रीलंका हुनबाट भने जोगाएको उनले जिकिर गरे । मन्त्री गुरुङले विद्यमान ऐन, कानूनहरु अस्पष्ट रहेकाले सरकारले त्यसलाई समाधान गर्न आवश्यक काम गरिरहेको बताए।