काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौंमा भएको प्रदर्शनले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको ठहर गरेको छ ।
सोमबार दिउँसो बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो ठहर गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । साथै, राप्रपाले आवश्यक संवादको थालनी गर्न समेत राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजो पूर्वराजा ज्ञानेन्द्रको स्वागत कार्यक्रम सफल भएका भन्दै आम नागरिकप्रति कृतज्ञता प्रकट गरेको छ । वैठकपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा दलहरुलाई नविन समझदारीमा आउन आह्वान गरिएको छ ।
‘आम नागरिकको चाहना, देशको आवश्यकता, सडकमा प्रतिबिम्वित जनभावना अनुरुप मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’ गर्न राप्रपा सबै राजनीतिक दललाई आह्वान गरीएको वज्ञप्तिमा भनिएको छ ।
विविध विषयमा छलफल गर्न ०८१ चैत ३ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय राप्रपाले गरेको छ ।


प्रतिक्रिया