Breaking

पूर्वराजा लक्षित माधवको टिप्पणीः इतिहासको रथ पछाडि फर्किन सक्दैन


काठमाडौं । सोमवार सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी एकृकित समाजवादी अध्यक्ष माधव कुमार नेपालले राजतन्त्र फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार रेहको र इतिहासको रथ अब पछाडि फर्किन नसक्ने उल्लेख गरे ।

आईतवार पोखराको एक हप्ताको बसाईपछि काठमाडौं फर्किनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरुको उल्लेख्य उपस्थिति थियो ।

पूर्वराजा शाहको अभिनन्दनमा जम्मा भएको भीडपछि सोही विषयमा छलफल गर्न माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका राजनीतिक दलहरुले पदाधिकार र सचिवालय बैठक समेत बसेका छन् । साथै राजतन्त्रवादी समूहहरुलाई प्रतिगामी शक्तिको संज्ञा दिँदै यस्तो कार्य स्वीकार्य नहुने र गणतन्त्रवादीहरु एकजुट हुनुपर्ने आह्वान समेत गरिसकेका छन् ।

सोही विषयलाई लिएर सिंहदरबारमा पनि दुई नेताहरुबीच छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले जनतालाई प्रगति र परिवर्तन चाहिएको राजाबाट सम्भव नरहेको बताए ।