काठमाडौं—आफू सत्तामा आएपछि धमाधम निर्णय लिइरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम र बोलीले विश्व प्रभावित छ । खास देश वा भूगोल केन्द्रित नभई विश्वव्यापी उनका बोली र कदमको मारमा पर्ने एक देश नेपालसमेत हो । यूएसएड विश्वभरि नै बन्द हुँदा नेपालमा समेत त्यसको स्वभाविक प्रभाव देखिँदा हामी मात्र प्रताडित भएको जसरी यसको ब्याख्या भइरहेको छ । जसका पछाडि नेपाललाई यूएसएडमार्फत दिएको वित्तीय सङ्घीयता, सामाजिक सामन्जस्यता र जैविक विविधता संरक्षणमा अनुदान सहायतालाई ट्रम्पले दिएको ‘फ्रड’को संज्ञा नै हो । जहाँ सरकार विरोधी यसैलाई आधार बनाएर सरकारको आलोचना गर्दै आएका छन् भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले समेत यसलाई देशको ईज्जतसँग जोडेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्यात्मक सम्बोधन गर्दै ‘अमेरिकाले पनि करप्ट भनिसक्यो’ भनेका छन् । आफूलाई नेपाली बन्न दिनुहोस् भन्ने उनको माग यी नेताहरुका कारण अमेरिकाले फ्रड भनेको आरोपतर्फ नै आधारित छ । अर्थात ट्रम्पले अमेरिका फस्र्ट भन्दै अघि सारिएका कदमहरु नेपालमा राजनीतिको विषय बनिरहेको छ । यसैको उदाहरण राप्रपा सांसद ज्ञानेन्द्र शाहीले संसदीय समितिको बैठकमै राष्ट्रपति ट्रम्पले फ्रड भनेको के हो भन्दै प्रश्न उठाएका उनले भ्रष्टाचार हो भनिसकेको अवस्थामा पैसा ल्याउनेहरुको खोजी हुनुपर्ने बताएका छन् ।
बौद्धिक क्षेत्रमा समेत यसको चर्चा हुँदा प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी राष्ट्रपतिले कुन सन्दर्भमा यूएसएडको सहयोगलाई ‘फ्रड’ भनेका हुन् त्यसबारे बुझ्नु पर्ने बताएका थिए । त्यस्तै एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले अमेरिकी राष्ट्रपतिले बोलेको विषयमा समितिमा नभई संसद्मा छलफल गरिनुपर्ने बताए । यसको अर्थ काङ्ग्रेस, एमालेलगायत सत्तामा रहँदै आएका दलहरू भने फ्रड भनिएको विषयमा आफूमात्र तारो बनेको स्वीकार्न तयार देखिएनन् । प्रतिरक्षात्मक बनेका उनीहरुको आशय मिलिमिलि खाएको विषय कुनै दल विशेष नहुने भन्ने देखिदा यो राष्ट्रियताको विषय भन्दा सत्तालाई खुईल्याउन विषय बनिरहेको छ । यता
ट्रम्पका दाया हातजस्तै देखिएका इलन मस्कले त मस्कले यूएसएडलाई ‘अपराधी सङ्गठन’को नै संज्ञा दिएका छन् । यसको अर्थ के नेपालमा अमेरिकाले आतकवाद हुर्काउन लगानी गरिरहेको थियो भन्ने प्रश्न उतैतर्फ फर्किदा फ्रडको संज्ञाले पनि अमेरिकामाथि नै पनि प्रश्न उब्जाएको छ । यता तर्फभन्दा आफैमा लड्ने बाटोमा नेपाली नेता र दल देखिदाँ नेकपा एमालेका सांसद गोकुल बास्कोटाले एसएडमार्फत भएको खर्चलाई ‘फ्रड’ भनिँदा नेपालको छविमाथि गहिरो चोट लागेको बताए । आफैले पैसो दिने अनि उल्टो प्रहार नेपाली सुरु हुने अवस्थाले नेपालको राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय छविमाथि आँच लागेको उनको बुझाई छ ।
मुख्य कुरा त ट्रम्पका यो मात्र विवादित अभिव्यक्ति हैन् । विश्वशक्तीराष्ट्रको नेतृत्वकर्ताका रुपमा उनको वोलीले महत्व राख्ने भएपनि उनी सनककै भरमा काम गर्ने र वोल्ने पात्र हुन् । आफैले सहयोग गरेर युद्धमा होमेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई तानाशाह भनेका छन्। । त्यस्तै आप्रवासीले बनाएको देशको नेतृत्वमा पुगेर आप्रवासीमाथि नै प्रश्न उठाउने जस्ता काम गर्ने उनी आफै यस्ता कदम र वोलीले प्रश्न पर्नुपर्ने हो । तर आ आफ्नै देश र परिस्थिीती अनुसार व्याख्या गर्ने प्रवृत्ती विश्वभर नै देखिदाँ नेपाल त्यसैको मारमा परेको हो । यद्यपि दियो भन्दैमा जे पनि खान नहुने अवस्थाको वोध भने उनको यो कदम र वोलीले गराएको छ ।


प्रतिक्रिया