Breaking

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारले लिग चरणको अन्तिम खेल खेल्दै


काठमाडौं—अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमारले लिग चरणको अन्तिम खेल आज खेल्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुनेछ । अन्तिम खेल अघि नै नेपाल र म्यानमार दुबै टोली फाइनलमा प्रवेश गरिसकेका छन् । आजको खेललाई दुबै टोलीले कमजोरी सुधार्ने मौकाको रुपमा लिएका छन् । आज म्यानमारसँग लिगको अन्तिम खेल खेलेपछि आगामी बुधबार म्यानमारसँगै नेपालले फाइनल खेल्ने छ ।