काठमाडौं—दुई साता अघि चितवन जिल्ला अदालतबाट रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले गुमनाम छन् । बोलेरै उदाएका रवि लाामिछाने कसरी चुपचाप बस्न सके भन्ने चासो व्याप्त रहँदा उनी के गर्दैछन् भनि खोजिसमेत हुन थालेको छ । जहाँ गुमनाम हुनु पनि उनका आफ्नै बाध्यता र फाइदासमेत रहेको छ । सहकारी प्रकरणको कानुनी झमेलामा रहेका रवि लामिछाने जति चुप लाग्छन् जसले उनलाई सत्ताको निशानाबाट पर राख्न त्यति नै मद्दत पुर्याइरहेको छ । यसैले सत्ताधारी दलको निशानामा पर्ने डरका कारण पनि उनी चुपचाप बसेको हुन सक्ने अड्कल काटिएको छ । गएको माघ २४ गते चितवन जिल्ला अदालतबाट धरौटीमा छुटेपछि चितवनबासीलाई सम्बोधन गर्दै बाहिरिएका रवि लामिछाने त्यसपछि राजनीतिक रुपमा कहि कतै देखिएका छैनन् ।
सम्पत्ति शुद्धिकरणको अभियोग लागेपछि रवि लामिछानेकोे सांसद पद निलम्बन छ । जसले संसद् जाने बाटो बन्द हुँदा उनी पार्टीका गतिविधिमा पनि सक्रिय छैनन् । पार्टीका बैठकमा सहभागि नभएतापनि कार्यवहाक सभापति डीपी अर्याल र पदाधीकारीहरु उनको निर्देशन अनुसार चल्नेमा कुनै दुई मत छैन् । यसअघि रवि लामिछानेले कास्की हिरासतबाटै पार्टीको बैठक राखेको भनेर आलोचनासमेत भएको थियो । रवि लामिछाने चुप लागेपनि उनिविरुद्धको प्रहार सदनबाटै रोकिएको छैन् । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको संयोजकसमेत रहेका एमालेका नेता सूर्य थापा उनी पूर्पक्षका लागि जेलमै पुगेको हेर्न चाहान्थे । जहाँ अदालतको आदेशमैसमेत उनले प्रश्न र शंकासमेत गरेकाछन् ।
उनै थापा अहिले पनि रवि लामिछानेले यस मुद्धामा उन्मुक्ति नपाएको भन्दै अन्य हितेसीहरु जेल गएको नजिरसमेत सुनाउँदै ढुक्क हुने अवस्था नरहेको चेतावनी दिइरहेका छन् ।
हुनत रवि लामिछाने गुमनाम देखिएपनि उनले भित्रभित्रै आफ्ना मुद्दाहरु मिलाइ त रहेका छैनन् भनि शंका गर्नेहरु पनि कम छैनन् । दुई–दुई पटक आफ्नै बलमा गृहमन्त्री बनाएका, आफ्नो छोरा सरह मानेका प्रधानमन्त्री केपी शर्मा ओली रवि लामिछानेविरुद्ध त्यति नकरात्मक पनि छैनन् । तैपनि सत्ताका लागि कांग्रेसको मुद्दामा होमा हो मिलाउनुपर्ने बाध्यतामा रहेका कारण रवि लामिछानेसँग दुरी बढाउनुको विकल्प छैन् । रवि लामिछानेलाई सहकारी झमेलामा पारेरै कमजोर बनाउँदै सत्ता स्वार्थमा चलेका दलहरुलाई अहिले लाभ मिलेपनि भविष्यमा यसै मुद्दाले संकट नपार्ला भन्न सकिन्न ।
सताघटक दल काँग्रेसभित्र संस्थापन इतर पक्षले रविलाई बोकेको आरोप खेपिरहेका बेला, शेखर कोइरालाले आरोपलाई खण्डन गर्नेगरी प्रतिक्रिया दिएका छन् । बयानका लागि अदालतमा उपस्थित गराउदा रविलाई रातारात अड्डासार भएको विषय शेखरले रविमाथि राज्यले प्रतिसोध साधेको अर्थमा व्यक्तव्य दिएका थिए । अहिले सोही अभिव्यक्तिले व्याक फायर भएपछि शेखरले रविलाई कारबाही गनूपर्ने कुरामा कूनै दुविधा नभएको आसमा बोलेका छन् ।
५ सहकारीका मुद्धामध्ये ४ वटामा अदालतबाट धरौटीमा छुटेका रवि लामिछानेले अब पर्सा जिल्ला अदालतको सामना गर्न बाँकी नै रहेको छ । उता जिल्ला अदालतहरुको आदेशले छटपटीएका काठमाडौं र कास्की जिल्ला सरकारी वकिल कार्यालयहरु उनलाई थुनामै पठाउने आदेश माग्दै उच्च अदालतमा पुगिसकेका छन् । जहाँ उनीविरुद्धको मुद्दा एकपछि अर्को गर्दै लम्बिनु, अदालतको आदेशमै पनि निर्दोष भन्न नमिल्ने करारले उनले तत्काल उन्मुक्ति पाउने अवस्था देखिदैन ।


प्रतिक्रिया