राजनीति

खड्कियो रविको अभाव : थुनिने डरले बोल्नै छाडे, शेखरले बोली फेरे, सूर्यको तर्क थुन्नै पर्छ (भिडियो)

योहो संवाददाता

काठमाडौं—दुई साता अघि चितवन जिल्ला अदालतबाट रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले गुमनाम छन् । बोलेरै उदाएका रवि लाामिछाने कसरी चुपचाप बस्न सके भन्ने चासो व्याप्त रहँदा उनी के गर्दैछन् भनि खोजिसमेत हुन थालेको छ । जहाँ गुमनाम हुनु पनि उनका आफ्नै बाध्यता र फाइदासमेत रहेको छ । सहकारी प्रकरणको कानुनी झमेलामा रहेका रवि लामिछाने जति चुप लाग्छन् जसले उनलाई सत्ताको निशानाबाट पर राख्न त्यति नै मद्दत पुर्याइरहेको छ । यसैले सत्ताधारी दलको निशानामा पर्ने डरका कारण पनि उनी चुपचाप बसेको हुन सक्ने अड्कल काटिएको छ । गएको माघ २४ गते चितवन जिल्ला अदालतबाट धरौटीमा छुटेपछि चितवनबासीलाई सम्बोधन गर्दै बाहिरिएका रवि लामिछाने त्यसपछि राजनीतिक रुपमा कहि कतै देखिएका छैनन् ।

सम्पत्ति शुद्धिकरणको अभियोग लागेपछि रवि लामिछानेकोे सांसद पद निलम्बन छ । जसले संसद् जाने बाटो बन्द हुँदा उनी पार्टीका गतिविधिमा पनि सक्रिय छैनन् । पार्टीका बैठकमा सहभागि नभएतापनि कार्यवहाक सभापति डीपी अर्याल र पदाधीकारीहरु उनको निर्देशन अनुसार चल्नेमा कुनै दुई मत छैन् । यसअघि रवि लामिछानेले कास्की हिरासतबाटै पार्टीको बैठक राखेको भनेर आलोचनासमेत भएको थियो । रवि लामिछाने चुप लागेपनि उनिविरुद्धको प्रहार सदनबाटै रोकिएको छैन् । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको संयोजकसमेत रहेका एमालेका नेता सूर्य थापा उनी पूर्पक्षका लागि जेलमै पुगेको हेर्न चाहान्थे । जहाँ अदालतको आदेशमैसमेत उनले प्रश्न र शंकासमेत गरेकाछन् ।
उनै थापा अहिले पनि रवि लामिछानेले यस मुद्धामा उन्मुक्ति नपाएको भन्दै अन्य हितेसीहरु जेल गएको नजिरसमेत सुनाउँदै ढुक्क हुने अवस्था नरहेको चेतावनी दिइरहेका छन् ।

हुनत रवि लामिछाने गुमनाम देखिएपनि उनले भित्रभित्रै आफ्ना मुद्दाहरु मिलाइ त रहेका छैनन् भनि शंका गर्नेहरु पनि कम छैनन् । दुई–दुई पटक आफ्नै बलमा गृहमन्त्री बनाएका, आफ्नो छोरा सरह मानेका प्रधानमन्त्री केपी शर्मा ओली रवि लामिछानेविरुद्ध त्यति नकरात्मक पनि छैनन् । तैपनि सत्ताका लागि कांग्रेसको मुद्दामा होमा हो मिलाउनुपर्ने बाध्यतामा रहेका कारण रवि लामिछानेसँग दुरी बढाउनुको विकल्प छैन् । रवि लामिछानेलाई सहकारी झमेलामा पारेरै कमजोर बनाउँदै सत्ता स्वार्थमा चलेका दलहरुलाई अहिले लाभ मिलेपनि भविष्यमा यसै मुद्दाले संकट नपार्ला भन्न सकिन्न ।

सताघटक दल काँग्रेसभित्र संस्थापन इतर पक्षले रविलाई बोकेको आरोप खेपिरहेका बेला, शेखर कोइरालाले आरोपलाई खण्डन गर्नेगरी प्रतिक्रिया दिएका छन् । बयानका लागि अदालतमा उपस्थित गराउदा रविलाई रातारात अड्डासार भएको विषय शेखरले रविमाथि राज्यले प्रतिसोध साधेको अर्थमा व्यक्तव्य दिएका थिए । अहिले सोही अभिव्यक्तिले व्याक फायर भएपछि शेखरले रविलाई कारबाही गनूपर्ने कुरामा कूनै दुविधा नभएको आसमा बोलेका छन् ।

५ सहकारीका मुद्धामध्ये ४ वटामा अदालतबाट धरौटीमा छुटेका रवि लामिछानेले अब पर्सा जिल्ला अदालतको सामना गर्न बाँकी नै रहेको छ । उता जिल्ला अदालतहरुको आदेशले छटपटीएका काठमाडौं र कास्की जिल्ला सरकारी वकिल कार्यालयहरु उनलाई थुनामै पठाउने आदेश माग्दै उच्च अदालतमा पुगिसकेका छन् । जहाँ उनीविरुद्धको मुद्दा एकपछि अर्को गर्दै लम्बिनु, अदालतको आदेशमै पनि निर्दोष भन्न नमिल्ने करारले उनले तत्काल उन्मुक्ति पाउने अवस्था देखिदैन ।