राजनीति

कांग्रेसमा देउवा पन्छाउने खेल, शेखरको सिधै काउण्टर, गगन काखमै, सस्थापनका ६ जना अझै अलमलमा (भिडियो)


काठमाडौं—एकातर्फ प्रधानमन्त्रीबाहेक अरु नसोच्ने सभापति शेरबहादुर देउवा अर्कातर्फ महाधिवेशन कै अन्यौलता । जहाँ आफैले छत्रछाया दिएको केटो महामन्त्री गगन थापाको आक्रमक तयारी र सक्रियता । यी घटनाक्रमले झसङ्ग भएका नेपाली कांग्रेसका नेता डा.शेखर कोईराला नयाँ तयारी सहित फिल्डमा उत्रिएका छन् । केही दिनअघिसभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा देउवा पक्षका नेताहरुको बैठक बसेको थियो । सो बैठकमा देउवा पक्षका ११ जना नेताहरुको सहभागिता रहेको थियो भने पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भयो । बैठकमा सभापति देउवाले महाधिवेशन गर्ने दायित्व आफ्नो भएकाले समयमा गर्नका लागि वातावरण निर्माण गर्न तयार रहेको बताएका थिए । हुन त दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने व्यवस्था रहेकाले देउवा अव सभापति हुने आधार छैन । सत्ता राजनीतिमा रहिरहन उनलाई विधानले बाधा नदेखिदा ०८४ को मंसिरमा हुने चुनावमा टिकट वितरण गर्नु महत्वपूर्ण छ । त्यसका लागि सभापतिमा कायम हुनुपर्ने उनको चाहना हो भने यसले महाधिवेशन चुनावपछि मात्र हुने पक्का जस्तै छ । त्यसले कांग्रेसमा हलचल देखिदाँ त्यसको प्रभाव शेखरमा पनि देखिएको हो । जहाँ उपप्रधान तथा शहरी विकास मन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिहले समेत महाधिवेशन समयमै नहुने प्रष्ट संकेत गरेका छन् ।

उता कोईरालाको डरसँग देउवाको अप्रिय निर्णयको संकेत समेत जोडिएको छ । पार्टी विधानअनुसार देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिको पदावधि ०८२ मंसिरमा सकिन्छ । त्यसपछि संविधानत डेढ बर्ष महाधिवेशनको मिति लम्बाउने सकिने भएपनि यहि व्यवस्था अनुसार पनि २०८४ जेठभन्दा पछि जान सक्ने अवस्थामा कांग्रेस छैन । ०८४ को वैशाखमा हुने स्थानीय तह र मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावलाई कारण देखाएर त्यसपछि मात्र महाधिवेशन देउवाका आशय मेल नखाँदा यसलाई छल्न नयाँ पार्टिसँग मर्ज वा एकीकरण गर्नुपर्ने छ । जुन विकल्प बारे देउवाले आफ्नो गुट वैठकमा मुख खोलेको चर्चाले सभापतिको लाईनमा रहेका शेखर झस्किदा देउवाले उत्तराधिकारी नतोकेका कारण संस्थापनका नेताहरु लाखापाखा लागिरहेका छन् । यो अवस्थामा आफूले छानो दिनसक्ने अवस्था सिर्जना गर्नु उनका लागि आगामी नेतृत्वको आधार तय गर्नुपनि हो । यहि कारण यी दुवै डर र फाईदाका लागि शेखर सक्रिय भएको पक्का हुँदा यहि कारण आफ्नो गुटको भेला गर्दै उनले पार्टीको महाधिवेशनलाई आमनिर्वाचनपछि धकेल्न खोजे कांग्रेस कमजोर हुने बताएका छन् । सभापतिमाथि दवावकै लागि यहि सर्कोमा कांग्रेस एमालेकरण हुन्छ कि भन्ने डर रहेको भन्दै सरकारलाई समेत पेलेका उनले समयमै महाधिवेशन नहुने विषय स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।

अहिले सभापतिको लाईनमा शेखर एक्ला पात्र हैनन् । उनै ले छत्रछाया दिएका र सभापति छोड्ने वाँचाका आधारमा संसदीय दलको नेता भिड्ने अवसर पाएका गगन थापा यो दौडमा छन् । यसको अर्थ युद्धस्तरमा खटिएका गगनको क्षति न्यूनिकरण शेखरको वाध्यता हो भने गगन देउवासँग निकटता बनाईरहेका छन् । त्यहि अवस्थामा गुट फेर्न तयारी देउवाका मान्छे तान्नु शेखरको रणनिति र आवश्यकता दुवै देखिदाँ उत्तर दिनमात्र भएपनि उनको सक्रियता स्वभाविक वाध्यता देखिन्छ ।