Breaking

बालेनलाई गाली गर्नेले यी चार ठाउँ हेरुन्, यसरी फेरिदैछ काठमाडौंको मुहार, स्थलगत रिपोर्ट(भिडियो)


काठमाडाौं—केही समयअघि मात्रै प्रदर्शनमा आएको ब्लकबस्टर हिट दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’को एउटा डाइलग चर्चित छ, ‘पुष्पा झुकेगा नही’ । त्यही डाइलग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यशैलीमा मेल खाने देखिन्छ । मेयर शाह कुरा कम, काम बढी गर्नेमा पर्छन् । गलत प्रवृत्ति र भ्रष्टाचारविरुद्ध उनले विगतदेखि नै खरो रुपमा आवाज बुलन्द गर्दै आएका छन् । पछिल्लो समय अमेरिकाले अवैध रुपमा बसेका आप्रवासिलाई धमाधम सम्बन्धित देश पठाउन थालेसंगै र अमेरिकाले गरिब देशहरुलाई प्रदान गर्दै आएको सहयोगलाई कटौती गर्न थालेपछि मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सम्बोधन गर्दै बिहीबार राति एक स्टाटस लेखे । स्टाटसमा उनले भनेका छन् ः
प्रिय डोनाल्ड जे ट्रम्प,
हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद ।हामी गरिब छौं किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदैछन्। तपाईं गरिब हुनुहुन्छ किनकि तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन् । तपाईंहरु अल्छी हुनुहुन्छ । कृपया आफ्नो अभिलाषा दासत्व पनि बन्द गर्नुहोस् । हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौँ ।
यस्तै मेयर शाहलेशुक्रबार बिहान सामाजिक सञ्जालमा फेरि अर्को स्टाटस लेखे । उनले भारत, अमेरिका र चीनले हेपेको भन्दै आफूलाई मेयर हो भन्ने बिर्सेर नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । उनी लेख्छन्–
‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले (भ्रष्ट) भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो र चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ?’ उनले करिब १२ घण्टाको अन्तरालमा लेखेका दुई स्टाटसमा धेरैले प्रशंसा गरेका छन् ।उनले काठमाडौं महानगरको नेतृत्व हाँकेसंगै सिंगो काठमाडौंको मुहार फेरिँदै गएको छ ।कुनै पनि काम अगाडि बढाउनु पूर्व उनी नेतृत्वको टिमले गर्ने अध्ययन र तयारीका कारण महानगरले गरेका कामहरुले प्रशंसा पाउने गरेको छ । लामो समयदेखि टाउको दुखाई बनेको काठमाडौंको फोहोर व्यवस्थापन केही हदसम्म मेयर बालेनले हल गरेका छन् । फलतः काठमाडौं सहर पहिलेको तुलनामा सफा र सुन्दर देखिन थालेको छ । यस्तै पछिल्लो समय न्यूरोडको फुटपाथ विस्तार र व्यवस्थापनले सिंगो न्यूरोडको रौनकतालाई नै बढाएको देखिन्छ । जसले मेयर शाहको कामको चौतर्फी चर्चा भइरहेको छ ।

यता, ७२ सालको भूकम्पले भत्किएको दरबार हाईस्कुल चीनको सहयोगमा पुनर्निर्माण भएसँगै सञ्चालन र व्यवस्थापनमामहानगरले खेलेको भूमिका प्रशंसनीय रहेको छ । नेपालकै पुरानो र ऐतिहासिक दरबार हाईस्कुलमा आधुनिक प्रविधिसहित पठनपाठन कार्य भइरहेको छ । भानु माध्यामिक दरबार हाईस्कुललाई महानगरले राम्रो साथ दिएका कारण अब नेपालकै नम्बर एक सामुदायिक विद्यालय बन्ने विद्यालयका सहायक प्रधानाध्यापक दाबी गर्छन् ।

भिआईपीहरुको जमघट हुने ठाउँका रुपमा परिचित काठमाडौंको दरबारमार्ग पनि एक समय अस्तव्यस्त पार्किङ, खाल्डाखुल्डी सडकले कुरुप बनेको थियो । तर हाल त्यहाँ काठमाडौं महानगरपालिकाका मेयर शाहको नजर परे पछि सिंगारिँदै छ । दरबारमार्गको पैदल मार्ग क्षेत्रमा महानगरले चिल्लो ग्रेनाइड राख्ने काम धमाधम गरिरहेको छ । उनको कामलाई देखेर व्यापारीदेखि स्थानीय नागरिकसम्म हर्षित छन् ।

कुनै समय व्यापारी र ठेकेदारको चंगुलमा परेको काठमाडौंको ऐतिहासिक महत्व बोकेको खुला मञ्च हाल महानगरले खाली गराएसंगै यसको मुहार पनि फेरिएको छ । खुद्रा व्यापारी, मान्छेको भिडभाड र बसपार्कमा परिणत भएको खुला मन्चलाई मेयर शाह काठमाडौं महानगरको प्रमुखमा आएसंगै खाली गराएर । क्रंक्रिट र फोहोरले अस्तव्यस्त खुलामञ्चमा अहिले हरियो दुबो लगाएर सफा र हराभरा बनाइएको छ । यसका साथै उनले काठमाडौंका विभिन्न स्थानमा सरकारी जमिन अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाएरखाली गर्ने अभियाननै चलाए । जसका कारण केही मानिसहरुको बिचल्ली भएको भन्दै एउटा पक्षले आलोचनासमेत गर्ने गरेको छ । माथिबाट ढलान गरी भूमिगत गरिएका काठमाडौंका केही खोलाको समेत उनले उत्खनन् गरे । जुन कार्यलाई लिएर केहीले आलोचनासमेत गरे । तर, आलोचनाकै बीच पनि मेयर बालेनको प्रशंसा गर्नेहरुको ठूलो जमात छ । त्यसैले एक व्यक्तिले चाह्यो भनेकतिसम्म परिवर्तन सम्भव छ भन्ने गतिलो उदाहरण बालेनको कामले देखाएको छ । यद्यपि, यसलाई नै बालेनले काठमाडौंको अवस्थालाई कायापलट गरे भन्ने होइन । काठमाडौंलाई व्यवस्थित र विकसित सहर बनाउन उनले अझै धेरै काम गर्न बाँकी छ । तर यो अवधिमा उनले जुन किसिमले काम गरेर देखाएका छन् त्यो भने प्रशंसनीय नै छ ।