हसिनाको आरोप : आन्दोलनमा विदेशी शक्तिको हात छ

योहो संवाददाता

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो हार भएको स्वीकार गरेकी छन् ।

हसिनाले आफूलाई देशबाट लखेट्न विदेशी शक्तिको हात रहेको बताएकी छन्। विद्यार्थी आन्दोलनपछि भागेर भारतमा शरण लिइरहेकी हसिनाले पहिलोपटक प्रतिक्रिया दिएकी हुन्।

बंगलादेश र भारतका सञ्चारमाध्यमहरुले यसलाई देश छाडेपछि हसिनाको पहिलो प्रतिक्रिया दिएकी हुन् । ‘सेन्ट मार्टिन्स र बंगालको खाडी अमेरिकालाई छाडेको भए म सत्तामा रहिरहन सक्थेँ,’ हसिनाले शनिबार अवामी लिगका समर्थकहरूलाई पठाएको सन्देश भारतीय अनलाइन पत्रिका द प्रिन्टले उधृत गरेको छ।

उनले गएको जनवरीमा एक जना गोरा व्यक्तिले एयरबेसको बदलामा सहजै शक्ति दिने बताएको अभिव्यक्ति दिएकी थिइन् ।२४ साउनमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति मुहम्मद शाहबुद्दिनले युनुसको नेतृत्वमा १७ सदस्यीय सल्लाहकार परिषद् गठन गरेका थिए ।

दुई महिनादेखि चलेको विद्यार्थी आन्दोलनले उग्र रुप लिएपछि २१ साउनमा राजीनामा दिँदै हसिना भारतमा आश्रय लिएकी छिन् ।