दार्चुलाबाट धनगढीतर्फ आइरहेको जिप डोटीमा दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु भएको छ ।
आज बिहान भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–१ खडिनामा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर जिपमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो भने बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका ६ जनाको विभिन्न अस्पतालमा उपचार जारी छ ।
उनीहरुको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया