काठमाडौं–प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले सम्पत्ति छानबिन गर्ने काममा पनि राजनीति गरेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानबिन नहुने निर्णय गरेर सरकारले यसमा राजनीतिकरण गरेको जिकिर गरे।
नेता शाहीले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक नगर्नुलाई सरकारले गरिरहेको राजनीतिकरणको दृष्टान्तका रूपमा लिन सकिने बताए। सरकारले नागरिकको हितमा कानुन बनाउनुपर्नेमा अन्यथा गरिरहेको उल्लेख गर्दै उनले मानिसको जीवनभन्दा ठूलो सत्ता नहुने कुरामा सरकारको ध्यानाकर्षण गराए।


प्रतिक्रिया