Breaking

कांग्रेसमा महाधिवेशनको टकराव, देउवालाई आधिकारिकताको भर, गगनतिर हारेका इतर महाधिवेशनमा खुले (भिडियो सहित)

योहो संवाददाता

काठमाडौं–जेन–जी आन्दोलनपछि विशेष महाधिवेशन गरेर सभापति बनेका गगन थापाले तत्कालीन सभापति शेरबहादुर देउवालाई राजनीतिमा उठ्नै नसक्ने गरी हुत्याइदिए । अहिले कसको साथ पाएर हो कुन्नि, देउवा फेरि गगनलाई काउन्टर दिन तम्सिएका छन् । जेन–जी आन्दोलनमा मरणासन्न हुने गरी कुटाइ खाएका देउवा उपचारका लागि विदेश पुगेका थिए । त्यसक्रममा यता उनीविरुद्ध पक्राउ पुर्जी नै जारी भयो ।

र विमानस्थलबाटै भव्य स्वागतसहित स्वदेश फर्किएका उनी आफ्नो नेतृत्वमा केही नचल्ने भएपछि, आफैँले पूर्णबहादुर खड्कालाई दिएको कार्यवाहकको जिम्मेवारी समेत खोसेर बीपीपुत्र शशांक कोइरालाको नेतृत्वमा महाधिवेशनमा होमिएका छन् । अझै आफू नै कांग्रेसको सभापति रहेको दाबी गर्दै उनले महाधिवेशनमा सहभागी हुन अपिलसमेत गरेका छन् । संस्थापन पक्षको महाधिवेशन क्षेत्रीय तहसम्म पुग्दा इतर पक्ष अर्थात् देउवा पक्षको अधिवेशन भने बिहीबारदेखि सुरु भएको छ ।