काठमाडौं–संसद्मा स्पष्ट बहुमत, तर संसदीय अभ्यासमा उदासीन । बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाह सरकारको यही विरोधाभासपूर्ण कार्यशैलीलाई लिएर प्रतिपक्ष खनियो । आफ्नै दलको बैठकमा नजाने, सर्वदलीय संवाद बहिष्कार गर्ने र राष्ट्रपतिलाई समेत उपेक्षा गर्ने गरेको भन्दै प्रतिपक्ष दलले सरकारमाथि खरो प्रश्न उठाए ।
यसक्रममा नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले बालेन सरकार खासमा कुन व्यवस्थाअन्तर्गत चलेको हो भन्दै सदनमा प्रश्न तेस्र्याए । उनले सरकारको कार्यशैली र संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै सरकारलाई महाभारतकालीन जरासन्धको उपमा दिए ।


प्रतिक्रिया