Breaking

चोलेन्द्रदेखि ओली–लेखक पक्राउसम्म चुक्यो सरकार, मुद्दा कमजोर, १० भीआईपीले पाए उन्मुक्ति (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– प्रधानमन्त्री र मन्त्रीहरूले शपथ लिएको २४ घण्टा नबित्दै भीआईपी पक्राउ अभियान सुरु गरेको बालेन सरकारले यो शृङ्खलालाई अहिलेसम्म पनि निरन्तरता दिइरहेको छ । तर गतिलो प्रमाणविना, केवल हल्ला र हुलहुज्जतको भरमा विभिन्न व्यक्तिहरूलाई पक्राउ गर्दा उल्टै सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ । अहिलेसम्म सरकारले शङ्काकै भरमा समातेका व्यक्तिलाई न त थुनामा राख्न सकेको छ, न त कानुनी विधि पु¥याएर बलियो मुद्दासहित अदालतमा उभ्याउन सकेको छ । पक्राउ गर्ने र छुट्ने यो खेल चलिरहँदा सरकारको साख भने लगातार ओरालो लागिरहेको छ । सरकारको कच्चा निर्णयका कारण पक्राउ पर्दै सामान्य तारेखदेखि मुद्दासम्म नचली रिहा भएका झन्डै एक दर्जन पात्रहरू को–को हुन् त ? हेरौँ विस्तृतमा ः