काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू रक्षात्मक बनिरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएका छन् । पार्टीमा नेतृत्व परिवर्तनको बहस छेडिएको र आफ्नैहरूको साथ नपाएका ओलीले नेतृत्वमाथि उठिरहेका प्रश्नलाई मत्थर पार्न ‘विद्या कार्ड’ फ्याँकेको बुझाइ राजनीतिक वृत्तमा छ । एक वर्षअघि साधारण सदस्यतासमेत नदिएका ओलीले अहिले दोस्रो वरीयता रहने गरी विद्यालाई वरिष्ठ नेताको जिम्मेवारी दिएका छन् । विगतमा ओली र विद्याबीचको जुहारी पनि कम थिएन, उनीहरू एकअर्काका प्रमुख आलोचक थिए । अहिले ओलीको पद धरापमा परेका बेला विद्याले उनलाई साथ दिएकी छन् । ओली र विद्याबीचको गठजोडले एमालेमा वैचारिक र सांगठनिक रूपान्तरणको सम्भावनालाई समेत न्यून बनाएको छ । भण्डारीकै लागि अब एमालेको विधान पनि संशोधन गर्नुपर्ने भएको छ; किनकि वरिष्ठ नेता रहने व्यवस्था एमालेको हालको विधानमा छैन । २०७२ सालमा राष्ट्रपति बनेपछि एमाले परित्याग गरेकी भण्डारी ११ वर्षपछि पार्टीको सक्रिय राजनीतिमा फर्किएकी हुन् ।
Breaking


प्रतिक्रिया