Breaking

गगनपछिको नेता बन्न कांग्रेसमा मारामार, प्रदीप, मीनदेखि नैनसिंहसम्म मैदानमा, गुरुको के होला भविष्यि ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन चलिरहेका बेला सानेपाको महामन्त्री को हुन्छ ? भन्ने चासो बढेको छ । यसमा सभापति गगन थापालाई संकटको समयमा साथ दिएका र पुर्व सभापति शेर बहादुर देउवा नजिकका नेता जो पछिल्लो समय गगनलाई साथ दिन पुगे उनिहरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । सभापति थापाले चाहेका दुई पात्र वर्तमान महामन्त्री प्रदिप पौडेल र गुरुराज घिमिरे पुन महामन्त्रीमा दोहोरिने चाहनामा छन् । प्रदिप यो विशेष महाधिबेशनमा मात्रै होईनन्, यो भन्दा अगाडी पनि गगनलाई नै साथ दिदै आएका थिए । गणतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनमा गगनका पछाडी प्रदिप हुन्थे । अर्का महान्त्री घिमिरेले शेखर कोईरालको साथ छोड्ेर गगनलाई साथ दिए । उनको पनि व्यावस्थापन गर्नु पर्ने दायित्व गगनमा छ । शेखरले मध्यमार्गी भुमिका देखाउदा गगनलाई साथ दिएका घिमिरे पछि हट्न तयार छैनन् । उनको राजनितिक जिवनमा रोचक पक्ष केछ भने उनले अहिले सम्म कुनै पनि निर्वाचन जित्न सकेका छैनन् ।