Breaking

महाधिवेशनको मुखमै गम्भीर संकटमा गगन, दागी बोकेर हिँडे, जेनजीले लाज छोपिदेलान् ? विद्रोहको डर (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– अवसरसँगसँगै चुनौतीको सामना गर्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा होमिएका सभापति गगन थापालाई एकीकृत कांग्रेससहितको महाधिवेशन सम्पन्न गर्न सकस देखिएको छ । एकातिर पूर्वसभापति शेरबहादुर देउवा छुट्टै महाधिवेशनका लागि मिति नै तोकेर अगाडि बढेका छन् भने अर्कोतिर आफ्नै नेतृत्वको कांग्रेसलाई मिलाएर थापालाई आफू सर्वसम्मत सभापति बन्नुपर्नेछ । त्यसैले गगनमाथि चुनौतीका चाङ देखिँदा बुँदागत रुपमा चर्चा गरौँ ।
१. नेतृत्व छनोट कसरी ?
१५औँ महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व छनोट कसरी गर्छ भन्ने संशय पैदा भएको छ । कांग्रेस सभापति निर्विरोध कि निर्वाचनबाट ? भन्ने मुख्य प्रश्नले आफूलाई लोकतन्त्रको हिमायती दाबी गर्ने कांग्रेसमा वडा तहदेखि केन्द्रसम्मै सर्वसहमति गरिँदा महाधिवेशनमा कांग्रेस कसरी लोकतान्त्रिक हुन्छ भन्ने प्रश्न उठ्नेछ । नगर तहसम्मका अधिवेशनहरू सर्वसहमतिका आधारमा टुंगिएपछि केन्द्रको नेतृत्व रास्वपा मोडलभन्दा कसरी फरक ढंगले चयन गर्लान् भन्ने मुख्य चुनौती छ ।