Breaking

रवि–गगन कुम जुधाउँदा प्रचण्ड गयल, दलहरुबीच यस्तो सहमति, स्वीकार्न बाध्य छैनन् :बालेन (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– गत भदौ १० गतेको विपद्पछि बुधबार तेस्रो पटक बसेको सर्वदलीय बैठकले पनि पीडितका लागि कुनै ठोस निर्णय लिन सकेन । यसअघि भदौ १६ गते बसेको सर्वदलीय बैठकले उच्चस्तरीय संयन्त्र गठन गर्ने सहमति गरे पनि त्यो कार्यान्वयन हुन अझै सकेको छैन । विपद्पछि तत्काल उद्धार र राहतको चरण पार गरिसकेको अवस्थामा अब प्रभावित क्षेत्रका नागरिकको मुख्य चासो पुनस्र्थापना र पुनर्निर्माणतर्फ छ । तर, पुनस्र्थापनाको स्पष्ट खाका र त्यसको कार्यान्वयनमा अझै अन्योल देखिन्छ । विपद्पछि राजनीतिक दलहरूबीच पटक–पटक छलफल भए पनि त्यसले अपेक्षित गति लिन सकेको छैन । तेस्रो पटक बसेको सर्वदलीय बैठकले बाढीपछिको जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि संसदीय विशेष समिति बनाउन सभामुख डोलप्रसाद अर्याललाई आग्रह गर्ने निर्णय गरेको छ ।