काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपाबाट सभापति गगन थापा र चुनदेवीबाट पूर्वसभापति शेरबहादुर देउवाले सभापतिकै हैसियतमा गरेको अपिलले पार्टीभित्रको शक्ति संघर्ष थप चुलिएको छ । सभापति थापाले कांग्रेसको १५औँ महाधिवेशनका लागि असोज ३ र ४ गते वडा तहबाट हुने अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन आह्वान गरेका छन् । यता पूर्वसभापति देउवाले पनि सभापतिकै हैसियतमा आह्वान गर्दै पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत अवैधानिक रूपमा विशेष महाधिवेशन गर्ने समूहले कथित १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी एकपक्षीय ढंगले अघि बढ्न खोजेको आरोप लगाएका छन् । उनले वर्तमान मतभेदको अन्त्य गर्दै एकताबद्ध रूपमा आगामी मंसिर २१, २२ र २३ गते सम्पन्न हुने १५औँ महाधिवेशनको तयारीमा जुट्नुपर्ने आवश्यकता रहेको बताएका छन् । पार्टीभित्रको एकता, सहमति र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने अभियान भएकाले सहयोग र सहकार्यका लागि उनले अपिल गरेका छन् । उता संस्थापन पक्षले भने महाधिवेशनका लागि मञ्च निर्माणको कामसमेत सुरु गरिसकेको छ र सानेपामा रहेको नेतृत्व नै आधिकारिक भएकाले महाधिवेशनमा सहभागी हुन अनुरोध गरेको छ ।
Breaking


प्रतिक्रिया