काठमाडौं– विगतमा रास्वपामा तोसिमा कार्की र सोबिता गौतम विद्रोही भूमिकामा देखिन्थे । अहिले उनीहरू आफ्नो पार्टी सत्तामा पुगेपछि चुपचाप छन् । तर उनीहरूलाई मात खुवाउने गरी अहिले क्रान्तिशिखा धिताल उदाएकी छन् । धिताल अहिले आफ्नै पार्टीको खबरदारीमा खरो उत्रिन थालेकी छन् । हुन त उनको भूमिका पनि ठेगान लगाउने नै हो, किनकि उनले पार्टीको सचेतकको जिम्मेवारी पाएकी छन् । सरकार ठिकठाकसँग नचलेको भन्दै सदनदेखि सार्वजनिक मञ्चसम्मै आलोचना गर्ने अमरेशकुमार सिंहभन्दा पनि क्रान्तिकारी भएर क्रान्तिशिखा धिताल निस्किएकी छन् । राजनीतिक रूपमै सरकारका कामहरूलाई हेरेर सरकारकै असक्षमता औँल्याउन सक्ने रास्वपाकी सांसद हुन्— क्रान्तिशिखा धिताल । रास्वपाभित्र क्रान्तिकारी छवि बनाउन लागिपरेका विरोधी पात्रको पनि विरोधी निस्किएकी धिताल सचेतक भए पनि आफ्नै पार्टीको सरकारको कमजोरी ढाकछोप नगरी ‘जे हो, त्यही बोल्ने’ सोझो लाइन भएकी पात्र हुन् । जेन–जी दिवसको दिन गृहमन्त्री सुधन गुरुङमाथि खनिएकी धिताल पार्टीभित्रबाट हुन सक्ने आलोचनाप्रति सचेत छिन् । गत भदौ २३ मा जेन–जी स्मृति दिवसको कार्यक्रममा दुई विवादित धर्मगुरुलाई मञ्चमा राखेको भन्दै उनले प्रश्न उठाएकी थिइन् ।
Breaking


प्रतिक्रिया