काठमाडौं– संसदको दोस्रो अधिवेशन सुरु भएको चार महिना पुगेको छ । तर संसद अझै संसद जस्तो बन्न सकिरहेको छैन । संसद बैठकमा हरेक दिन जसो कुनै न कुनै चटक भई नै रहेको हुन्छ । प्रतिपक्षको प्रश्न भुइँमा झर्न पाएको हुँदैन, सत्ता पक्षबाट त्यसको प्रतिवाद भइहाल्छ । सत्तारुढ सांसदले प्रतिपक्षलाई ‘तिमीहरु पुराना हौँ, ३५ वर्ष के ग¥यौँ’ भन्दै गन्दा पनि गदैनन् । सत्तारुढ सांसदको तिखो प्रहारले घोचिएको भन्दै प्रतिपक्ष पनि भिड्न पछि पर्दैनन् । फागुन २१ को निर्वाचनबाट बनेको नयाँ संसदले अहिले यही नियति हेरिरहेको छ, भोगिरहेको छ । हुँदा हुँदा माननीय ज्यूहरुको हर्कतकै कारण सभामुखले पटक पटक मर्यादा सम्झाउनु परिरहेको छ । प्रतिपक्षीलाई त परै छाडौँ सत्ता पक्षका सांसदबाटै मर्यादा विपरीत गतिविधि हुँदा सभामुख कडा रुपमा प्रस्तुत हुनु परेको छ । त्यही झोकमा बैठक नै छाडेर हिँड्ने सांसदको पनि कमी छैन । मंगलबारको बैठकमा पनि त्यही दृश्य दोहोरियो । पराष्ट्रमन्त्री शिशिर खनालको जवाफमा चित्त नबुझेको भन्दै सत्तारुढ रास्वपा सांसद आशिका तामाङ आक्रोशित बनिन् । पराष्ट्रमन्त्रीले जवाफ दिँदै गर्दा सांसद तामाङले उठेर प्रश्न सोध्न पाउनुपर्ने अडान राखेकी थिइन् । तर, सभामुखले बोल्न समय दिएनन् । उनले आफूले बोल्न पाउनुपर्ने अडान राखिन् । त्यति गर्दा पनि नरोकिएपछि सभामुखले सांसद तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिए ।
Breaking


प्रतिक्रिया