काठमाडौं– देशकै ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र सोही दलले नेतृत्व गरेको सरकारमा आन्तरिक असन्तुष्टि चुलिँदै गएको छ । न प्रधानमन्त्री, न मन्त्रीहरु, न सांसद्हरु न त नेता कार्यकर्ता नै । सरकार र पार्टीका गतिविधिप्रति कोही पनि सन्तुष्ट रहने अवस्था छैन । निर्वाचनमा अभूतपूर्व सफलता हात पारेको पाँच महिना पुग्दा नपुग्दै सत्तारुढ दलमा देखिएको यो उकुशमुकुशले सरकारको काम कारबाहीसमेत प्रभावित भएको छ । कसको असन्तुष्टि के मा छ ? सूरुमा यसबारे चर्चा गरौँ ।
बालेन शाह ः प्रधानमन्त्री बालेन शाह निर्वाचनअघि रास्वपासँग भएको सात बुँदे सहमतिको मर्म अनुसार निर्धक्क सरकार सञ्चालन गर्न चाहन्छन् । पार्टी गतिविधिमा उनलाई उतिसाह्रो रुचि देखिँदैन । तर सरकारका कतिपय काममा पार्टी र नेतृत्वको हिसावले सभापति रवि लामिछाने हाबी भएको उनलाई मन परेको छैन् । त्यसमाथि गत महाधिवेशनपछि रविले नै विधानमा संसदीय दलको नेता फिर्ता बोलाउने अधिकार सभापतिमा निहित गराएपछि बालेन सशंकित छन् । यस कदमपछि रविसँग उनको दुरी बढेको छ । त्यसो त बालेनले कायक्षमता सुधार गर्न नसकेका मन्त्रीलाई सय दिन पार गर्नसाथ हटाउन चाहेका थिए, यहाँ पनि रवि बाधक देखिए । अहिले एकपछि अर्को रास्वपा सांसद् बालेन सरकारमाथि खनिन थालेका छन् । यसरी खनिनेमा रवि निकट नै धेरै छन् । विकसित घटनाक्रम कतै रविकै इशारामा भइरहेका त छैनन् भन्ने आशंका बालेनको छ । जसले गर्दा पार्टी र सरकारमा बालेन पक्ष र रवि पक्ष देखिने गरि फरक कित्तामा उभिने गरेका छन् ।
देश


प्रतिक्रिया