Breaking

बालेन सन्नाटामाः अनिष्ठले घेर्दै, ७ मन्त्रीको कालोधब्बा, सुधन–सुनिल नै काण्ड मच्चाउँदै, (भिडियोसहित)

योहो संवाददाता

हिजो जसले देश बनाउँछ भन्ने चर्चा गरेका थिए, आज उसैलाई पाइलापाइलामा डर देखाएर अवरोध गर्न थालेको विषय बाहिरिएपछि भोट दिएका जनता नै शोकमा पर्ने अवस्था आएको छ । त्यसमा पनि गैरजिम्मेवार लफङगा शैलीमा एकजना मन्त्री भन्दैछन्– तपाईंको भोट फिर्ता लैजानुस् । के यसकै लागि यीनीहरुलाई सत्तामा पु¥याएको हो ।

फलतः हिजो अत्याधिक विश्वाससहित जनमत दिएका जनताहरु नै आज विरोध गरिरहेका छन् ।
यी महिला हिजो रास्वपा जिन्दावाद, रवि–बालेन र सुदन जिन्दावाद भन्दै नारा लगाउँथिन् । आफ्नो समस्या समाधान हुन्छ भन्ने पूर्ण विश्वासमा थिइन् । तर आज, रुँदै अब मर्ने कि बाँच्ने भन्दै सांसदहरुलाई सुनाइरहेकी छन् ।
यी अर्का व्यक्ति, हिजो गीतमार्फत नै बालेनमाथि छ ठूलो आश, जनतालाई नपारे निराशा भन्दै थिए । आज फेरि गीतमार्फत नै, विरोध गरिरहेका छन् ।

चार महिनामा कसैले कायापलट खोजेको छैन । तर काम गर्ने ढंग नपुग्दा चार महिनामै जनता आजित बन्ने अवस्था भने पक्कै आएको छ । अब केही दृश्य हेरौं, जहाँ यो सरकारको काम स्वयंम् सरकारवादी दलकै प्रमुखलाई चित्त बुझेको छैन ।