काठमाडौं– सदन केवल ताली पिट्ने र सत्ताको बचाउ गर्ने थलो होइन, यो त सरकारलाई जनताप्रति जवाफदेही बनाउने सर्वोच्च मञ्च हो । लामो समयदेखि कार्यकारीको छायामा परेको र निष्पक्ष भूमिका खेल्न नसकेको आरोप खेप्दै आएका सभामुख सोमबार भने एकाएक ‘एक्सन’मा उत्रिए । सदन बैठक सञ्चालनमा निष्पक्ष र पारदर्शी भूमिका खेल्न नसकेको आरोपका बीच सभामुख डोलप्रसाद अर्याल फरक ढंगमा प्रस्तुत हुँदै ‘युटर्न’ भएको संकेत गरेका छन् । प्रतिनिधिसभाको दोस्रो अधिवेशनको ४४औँ बैठकमा सभामुख अर्यालले ‘सरप्राइज’ दिँदै प्रधानमन्त्री बालेन शाहलाई सांसदले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरे । सदन बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि बैठकको कारबाही अगाडि बढाउनुपूर्व नै सभामुखले प्रतिनिधिसभा नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन् ।
देश


प्रतिक्रिया