काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सुरु भएको शेरबहादुर देउवा र गगन थापाबीचको भिडन्त पाँच वर्षपछि पनि जारी छ । नेतृत्व परिवर्तनका लागि छेडिएको विद्रोहबाट सुरु भएको यी दुईबीचको टकराव अहिले सानेपा–चुनदेवी हुँदै फरक वैचारिक धारसम्म आइपुगेको छ । सुन्दा अचम्म पनि लाग्ला तर, एउटै पार्टीको आधिकारिकताका लागि भिडिरहेका देउवा र गगन पक्षले फरक विचारधारा बोकिसकेका छन् । बीपीको प्रजातान्त्रिक समाजवादलाई लत्याएर रास्वपाकै सैद्धान्तिक धारतिर लागेका गगनले लोकतान्त्रिक समाजवादलाई अपनाएका छन् भने, देउवाले पनि आफ्नै आफैँले बनाएको संविधान संशोधनमा बल पुग्ने गरी सनातन हिन्दू धर्म बोक्ने सङ्केत गरेका छन् । तर पनि दुई समूहबीच अलगअलग कार्यक्रम गर्दै आफूलाई आधिकारिक कांग्रेस घोषणा गर्ने प्रतिस्पर्धा चलिरहेको छ । बीपीले न्वारान गरेको ‘नेपाली कांग्रेस’ को नाम लिन पार्टी फुटसम्मको स्थिति बनिरहँदा, विचारलाई भने तिलाञ्जलि दिएर उनीहरू आफूआफूमै लडिरहेका छन् ।
देश


प्रतिक्रिया