काठमाडौं– देशमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न जनतासँग प्र्रत्यक्ष जोडिएका संस्था हो नेपाल प्रहरी । नागरिकका हरेक दुख सुखको साथी बनेर समाजमा सुरक्षाको प्र्रत्याभूति गराउँदै आएको संस्था । जसले सधैं देशको पहरेदारी गरिरहेको छ । तर यही संस्था पछिल्लो समय सत्ता र शक्तिको आडमा चरम दुरुपयोगमा परेको छ । राज्य सत्तामा पुग्नेहरुले चेन अफ कमान्डमा चल्नु पर्ने संस्थागत नीतिको मानमर्दन गर्दै स्वेच्छाचारी ढङगले प्रहरीको दुरुपयोग गरिएको भन्दै आलोचना भइरहेको छ । अवस्था यस्तो आएको छ कि सत्तापक्षिय सांसदहरु सार्वजनीक रुपमा संगठनकै अमपमान हुनेगरी प्रहरी नेतृत्वमाथि अमर्यादीत व्यावाहार गर्न थालेका छन् । जसले प्रहरी नेतृत्वको अपमान मात्रै गरेको छैन सिंगो संगठनको निष्ठामाथि नै प्रहार गरेको छ । विगतका सरकारहरुले आन्तरिक रूपमा निर्देशन दिएर आफू अनुकूलका गतिविधि गराए । अहिले रास्वपाको सरकारले सार्वजनिक रूपमा आफ्नो व्यक्तिगत इगो र स्वार्थ पूरा गर्न सुरक्षा संगठनको खुलमखुल्ला दुरुपयोग मात्रै गरेको छैन, सांसदहरुले सार्वजनीक रुपमा प्रहरीको र्हुमत लिइरहेका छन् । रास्वपा सांसद खगेन्द्र सुनारले केहि दिन अघि सार्वजनीक लेखा समितिको बैठकमै नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की माथि गम्भीर आरोप लगाउँदै उनको मान मर्दन गरे । यसरी एक सार्वभौम सांसदले देशको सुरक्षा निकायको प्र्रमुखलाई सार्वजनीक रुपमै अपमान गरेपछि चौतर्फी विरोध भैरहेको छ ।
देश


प्रतिक्रिया