काठमाडौं– बुढ्यौलीले छोएका शेरबहादुर देउवा, नेपाली कांग्रेसको २ पटक सभापति र पाँच पटक देशको प्रधानमन्त्री भइसकेका पात्र हुन् । उमेर र राजनीतिको उत्तरार्धमा पुगेका देउवा, त्यसमाथि जेनजी आन्दोलनका क्रममा गोदाइ खाँदा झनै थला परेका थिए । तर हङकङमा उपचार गराएर साढे ५ महिनापछि नेपाल फर्किएका देउवाले आन्दोलनमा आफूमाथि भएको प्रतिशोधको बदला लिने योजनाका साथ सक्रियता बढाएको विषय बुझ्न कठिन छैन । त्यसैले इतर पक्षको भेलालाई राष्ट्रिय सम्मेलनमा परिणत गरेका देउवाले हिन्दू धर्मको मुद्दा पनि बोक्ने आँट गरेका छन् । एकाएक राजनीतिबाट हराए भनिएका देउवाले ‘सरप्राइज’ दिँदै तीन दिनमा दिएका १० सन्देशलाई बुँदागत रुपमा हेरौँ ः
देश


प्रतिक्रिया