काठमाडौं– छोटो समयमा देशकै ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र अहिले अन्तरसंघर्ष बढेको छ । ‘राम–लक्ष्मण’को संज्ञा दिइएका पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच अविश्वास बढ्दै गएको देखिन थालेको छ । यतिसम्म कि उनीहरूबीच प्रत्यक्ष भेटघाट र संवाद हुन सकेको छैन । सरकारमाथि प्रश्न उठ्दा सभापतिको नाताले रवि सक्रिय हुन्छन् । चितवनको रिसोर्टमा भएको भेटपछि उनीहरूबीच भेट भएको छैन । बरु अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र सभापति रविबीच काभ्रेको दुसित थानी रिसोर्टमा भेट भयो । त्यहाँ बालेनलाई पनि रविले बोलाएका थिए तर उनले इग्नोर गरे । दुई नेताबीच चितवनको महाधिवेशनपछि खटपट देखिन्छ । रास्वपाको विधान संशोधनपछि बालेन रविसँग रुष्ट बनेका हुन् । दुवै नेताबीचको मतभेदकै कारण रास्वपाको केन्द्रीय समितिले पूर्णता समेत पाउन सकेको छैन । पार्टीभित्र खटपट बढेको प्रधानमन्त्री बालेनको शुक्रबार मध्यराति सामाजिक सञ्जालमा भएको पोस्टले प्रष्ट हुन्छ । झण्डै दुईतिहाइ नजिकको बलियो सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेनले नै अहिले एक्लो महसुस गरिरहेका छन् ।
देश


प्रतिक्रिया