देश

सर्वोच्चको आदेशले कांग्रेसमा तरंग, देउवा फर्किने पक्का, विश्व चीनमा, गगनको रुख खोसिएला ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– जेनजी आन्दोलनपछि नेपाली कांग्रेसमा सुरु भएको आन्तरिक विवाद अहिले फेरि बल्झिएको छ । विशेष महाधिवेशनपछि झन् चर्किँदै गएको विवादमा निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशन पक्षधरलाई नै आधिकारिकता दिएपछि कांग्रेस औपचारिक रुपमा फुट्न मात्रै बाँकी थियो । आयोग र अदालतले सभापति गगन थापाको पक्षमा फैसला गरेपछि आक्रामक बनेको संस्थापनइतर समूहले पार्टी विभाजन गरेर नयाँ पार्टी दर्ता गर्न नामसमेत जुराएको अवस्था छ । तर, सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादलाई फेरि सुरुदेखि सुनुवाइ गर्ने भएपछि कांग्रेसभित्र एक वर्षदेखि चर्किएको विवाद बल्झिएको हो । सर्वोच्चले संस्थापन पक्षमा दिएको आदेशलाई पुनरावलोकन गर्न भन्दै देउवा पक्षले दिएको रिटलाई त्यतिबेला खारेज गरिदिएको थियो । तर अहिले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले साउन ७ गते वारेसमार्फत निवेदन पठाएका थिए । कांग्रेसका असन्तुष्ट समूहले यसअघिको फैसला पुनरावलोकन हुनुपर्ने माग राखी दिएको निवेदनमा निस्सा हुने आदेश दिएपछि पुनः सुनुवाइ हुने भएको छ । योसँगै कांग्रेसको किचलो फेरि अदालत प्रवेश गरेको छ ।