देश

‘सीआईए र रअ’को शक्ति, पत्तो नपाउने नेपालका गुप्तचर, सेटै फेर्ने बालेनको तयारी, कहाँ चुक्यो संयन्त्र ? ((भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– भारत र पाकिस्तानबीच युद्ध भयो । कसले कुन ठाउँमा मिसाइल खसाल्यो भन्ने पहिलो जानकारी अमेरिकाले पायो । इरानले अहिले विश्वलाई हायलकायल पारिरहेको छ, किनभने ऊसँग मिसाइल छ । त्यो उसको गुप्तचर निकायको सबल उपस्थितिको नतिजा हो । राष्ट्र सञ्चालनका लागि सूचना आवश्यक पर्छ । तर, त्यसलाई न त प्रधानमन्त्रीले आवश्यक ठानेका छन्, न खोजी नै गरेका छन् । अन्य देशका गुप्तचर निकायहरू गुप्त रहेर नै काम गरिरहेका हुन्छन्, तर नेपालका गुप्तचरहरू भने बेखबर देखिन्छन् । नेपालमा पछिल्लो समय भएको ‘जेन–जी’ आन्दोलन होस् या मधेशमा भएको साम्प्रदायिक घटना, त्यसको पूर्वसूचना त परको कुरा, राज्यले सुइँको समेत पाएन । नेपालको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभाग (एनआईडी) ले जेन–जी आन्दोलनको अघिल्लो दिनसम्म कुन दलका कति कार्यकर्ता सडकमा ओर्लिंदै छन् भन्ने परम्परागत तथ्याङ्क मात्र सङ्कलन गरिरहेको थियो । त्यसबेला तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीले पनि यत्रो आन्दोलन हुन्छ भन्ने आफूहरूलाई थाहा नभएको बताइरहेका थिए । तर, भारतका पूर्वगुप्तचर कर्मचारी लक्की विष्टले भने पहिले नै नेपालको सरकार ढल्छ भनेर दाबी गरेका थिए । हामीले कस्तो गुप्तचर पाएका छौँ र यसको अवस्था कस्तो छ भन्ने कुरा यसबाट पनि स्पष्ट हुन्छ । नेपाललाई धेरै जासुसी हुने देशका रूपमा हेरिन्छ ।