काठमाडौं– पाँच दिन स्थगित भएर बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै सुनसरीलगायत तराईका जिल्लामा भएका साम्प्रदायिक दङ्गाको घटनाको विषयलाई लिएर प्रतिपक्षी दलहरूले अवरोध सिर्जना गरे । सुनसरी जिल्लाबाट सुरु भएको हिन्दू र मुस्लिम समुदायबीचको दङ्गाका कारण जनधनको क्षति भएको विषयमा सांसदहरूले सरकारको जवाफ माग गरे । मधेशमा भएको हिंसात्मक दंगामा हालसम्म चार जनाले ज्यान गुमाइसकेका छन् भने ठूलो मात्रामा भौतिक क्षति भएको छ । सत्तापक्षका सांसदहरूले घटनामा सिधै गोली चलाएका कारण यो भयावह अवस्था निम्तिएको भन्दै यसको स्थायी समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले आफ्नै सरकारमाथि प्रश्न उठाउँदै मधेशमा किन सधैँ सामान्य घटनामा गोली चलाइन्छ ? भनेर सरकारलाई सोधे । कुनै पनि घटना भड्किँदा लाठीचार्ज र अश्रुग्यास प्रहार नगरी सिधै गोली हान्ने गरिएको भन्दै मधेश आन्दोलन, थारू आन्दोलनदेखि स–साना आन्दोलनसम्म मधेशमा गोली चल्ने गरेको विषयमा राज्यको दृष्टिकोण के हो भनी उनले प्रश्न उठाए ।
देश


प्रतिक्रिया