काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मधेशमा बलेको आगो निभाउन सक्रियता देखाउँदा सफल पनि भए । तर, मधेशकै क्रेजले राजनीतिमा स्थापित भएका रास्वपा र बालेनप्रति भने मधेश असन्तुष्ट बन्दै गएको छ । गत वर्षको फागुन २१ मा सम्पन्न निर्वाचनका बेला प्रधानमन्त्री शाहको समर्थनमा जनकपुरमा जनसागर उर्लियो । बालेन शाहले ‘अधिकार माग्न काठमाडौँ जानुपर्दैन, काठमाडौँ घुम्न जाने हो’ भनेपछि मधेशले एकै पटकमा उनलाई विश्वास ग¥यो र मधेशको मत उनको नाममा ओइरियो । बालेनको क्रेजका कारण संविधान जारी भएपछि मधेश प्रदेशमा निरन्तर प्रभाव जमाउँदै आएका मधेश केन्द्रित दलहरू पहिलोपटक पूर्ण रूपमा संसद् बाहिर पुगे । तर, रास्वपाको चितवन महाधिवेशनमा उपसभापति डा. स्वर्णिम वाग्लेले प्रदेश खारेजको प्रस्तावसहित प्रतिवेदन पेस गरेपछि, उनै बालेनको क्रेजका कारण मधेशले नै अस्वीकार गरेर उठिबास लगाएका मधेशवादी दलहरूसँग चार महिना नपुग्दै निहुरिएर वार्ता गर्नुपर्ने अवस्था बन्यो । यो विषयले बालेनप्रति मधेशमा ज्वाला विस्फोट भएको छ भने रास्वपा र रविलाई मधेशमा उकुसमुकुस बनाएको छ ।
देश


प्रतिक्रिया