काठमाडौं– प्रधानमन्त्री बालेन शाह नेतृत्व सरकारमा दोहोरिए मन्त्री हुने अवसर प्राप्त गर्ने भाग्यमानी मन्त्रीहरू तीन जना छन् । परराष्ट्रमन्त्री शिशिर खनाल, अन्तरिम सरकारमा शिक्षामन्त्री बनेका हालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र उर्जा, जलस्रोत र सिञ्चाईमन्त्री विराजभक्त श्रेष्ठ । मन्त्री श्रेष्ठले यसअघि पनि छोटो समयकै लागि भए पनि युवा तथा खेलकुद मन्त्रालय सम्हालेका थिए । प्रदेश देखि केन्द्रको सांसद् हुँदै विकल्पकै रुपमा दुई दुई पटक मन्त्री बन्ने मौका पाएका श्रेष्ठका लागि उर्जा मन्त्रालयको यात्रा भने सुरुवातदेखि नै केही कठीन भएको देखिन्छ । पहिलो वर्ष नीति निर्माण र सुधारसँगै सुशासनमा नै केन्द्रीत हुने भने पनि देशैभर झ्याप्पझ्याप्प बत्ति गइरहने समस्याले प्राधिकरणसँगै मन्त्रालय र मन्त्रालय हाकिरहेका नाताले श्रेष्ठ पनि आलोचनाको शिकार बने । त्यस्तै, एकातर्फ विद्युत्को खपत बढाउने भन्ने नीति उर्जा मन्त्रालयले लिने तर, सरकारले बजेट ल्याउँदा कर थपेपछि इरहेको खपत पनि घटाउनु पर्ने अवस्था आएको छ । मन्त्रालयकै काम कारबाहीले मन्त्रीसँग नागरिक असन्तुष्ट भइरहँदा उनी कन्ट्रोल ड्यामेज गर्ने तर्फ लागिपरेका छन् । त्यसैले विगतमा गरिएको ट्रान्सफर्मर खरिद लगायतका अन्य खरिदमा अनियमिता भएको आशङ्कासहित पूर्व कार्यकारी निर्देशकहरू कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यमाथि समेत छानविन हुन सक्ने गरी एक उच्चस्तरीय छाविन समिति गठन गरिएको छ । साथै उनी आफै नै फिल्ड खटिएर समस्याको अध्ययन र समाधानको उपायहरूसमेत खोजिरहेका छन् ।
देश


प्रतिक्रिया