देश

बालेनको चौतर्फी पहल, शान्त बन्दै मधेश, राजावादी रुष्ट, जनताका लागि हदैसम्म लचक (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाली राजनीतिमा बालेन्द्र शाहको उदय कुनै चलचित्रको कथा भन्दा कम छैन । ४ वर्षमै ¥याप ब्याटलको सांगितिक मञ्च देखि राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुसम्म पुग्न सफल बालेन, अहिले युवा पुस्तामाझ नेपाली राजनीतिको ‘ब्राण्ड एम्बेसडर जस्तै बनेका छन् । जहाँ बालेनको छवि, चामत्कारीक छलाङ र राजनीतिक दृष्टीकोणलाई लिएर विभिन्न चर्चा परिचर्चा हुँदै आएको छ । ४ वर्षको अवधिमै काठ्माडौ महानगरको मेयर हुँदै देशको शक्तिशाली प्रधानमन्त्री बनेका शाहको राजनीतिक विचारधारा र शासकीय स्वरुपप्रतिको दृष्टिकोणमा विभिन्न प्रश्नहरु उठ्दै आएका थिए । अहिले प्रधानमन्त्रीका रुपमा राज्यसत्ता सञ्चालन गरिरहँदा पनि उनको कार्यसम्पादन र शासन शैलीप्रति पनि विभिन्न विश्लेषणहरु भैरहेका छन् । जहाँ कसैले उनलाई कुनै विचारविहिन पपुलिष्ट नेताको रुपमा ब्याख्या गरिरहेका छन् भने कसैले व्यवस्था विरोधी त कसैले निरङकुश शासकका रुपमा ब्याख्या गरिरहेका छन् । यी र यस्तै विरोधाभास र पछिल्लो समय देशमा सिर्जित असामान्य परिस्थितिले बालेन चौतर्फी घेराबन्दीमा परे । यसरी चौतर्फी घेराबन्दीमा परेका शाह अहिले विस्तारै आफुमाथिका आरोपहरुलाई चिर्न लागि परेका छन् ।