देश

गृहमन्त्री सुधनको मधेश दौडाह, फेरियो माहोल, पीडितसँग माफी नै मागे, घरघर पुगेर जुटाए सहमति (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– सुनसरीको देवानगंजमा दुई समुदाय विचको सामान्य विवाद झडपमा परिणत भए पछि मधेशमा सल्कीएको आगो विस्तारै मत्थर हुदै छ । केही दिन देखी अशान्त बनेको मधेस क्रमश पुरानै अवस्थामा फर्कीन थालेको हो । हिंसात्मक दंगा फैलिने क्रममा गृहमन्त्री सुधन गुरुङको खोजी संगै चौतर्फी आलोचना पनि भयो । त्यस पछि सिंगो सुरक्षा निकायलाई मधेश प्रदेश केन्द्रीत गर्दै तराई झरेका गुरुङले दंगा नियन्त्रणका लागी निक्कै सक्रिय भूमीका खेले । घटना स्थलमा पुगेर मृतक र घाईतेका परिवारलाई भेट्ने, सहमति जुटाउने र क्षतिपूर्तिको व्यवस्था गर्ने सवालमा उनको सक्रियता लोभलाग्दो देखियो । सुरक्षा चुनौतिका बीच गृहमन्त्री गुरुङ अहिले पनि मधेशमै छन् । पछिल्लो तीन दिन उनले देखाएको सक्रियताको प्रसंसा भइरहे पनि कतिपय स्थानमा भने उनीविरुद्ध नाराबाजी हुन भने छाडेको छैन ।
अवरोधलाई पन्छाउँदै साँझ विहान नभनी सुधन गुरुङले रफतार बढाउँदा हिंसा भड्किने अवस्थामा पुगेको मधेश सामान्य बन्दै गएको छ । गृहमन्त्री मृतक ओमप्रकाश मेहताको घर पुग्दा अभिभावक सन्तान गुमाउँदाको पीडामा डुबेर चित्कार गरिरहेका थिए