काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा लामो समयको विदेश बसाइपछि अन्ततः स्वदेश फर्कने तयारीमा छन् । बीपी स्मृति दिवसको अवसर पारेर वक्तव्य जारी गर्दै उनले आफू चाँडै नेपाल फर्किन लागेको औपचारिक जानकारी दिएसँगै राजनीतिक वृत्तमा उनको पुनरागमन र त्यसले पार्ने प्रभावबारे चासो बढेको छ । पाँच पटक देशको प्रधानमन्त्री भइसकेका र कांग्रेसमा दुई कार्यकाल सभापति पद सम्हालेका देउवालाई स्वदेश फर्कन कुन कुराले रोकेको छ ? आफ्नै देशमा असुरक्षित महसुस गरेका देउवालाई अब नेपाल फर्कन आइपर्ने सकसहरू के–के छन् त ?
देश


प्रतिक्रिया