देश

वारपारमा बालेन–स्वर्णिम, उथलपुथलमा रविको थामथुम, विदुषीको खेल, नयाँ अर्थमन्त्रीको खोजी (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– प्रधानमन्त्री बालेन शाह आफ्नै क्याबिनेटका कुनै मन्त्रीसँग असन्तुष्ट छन् भने ती हुन् अर्थमन्त्री डा. स्वर्णिम वाग्ले । देशले विज्ञ अर्थमन्त्री पाउँदा पनि अर्थतन्त्रमा सुधारको छाँटकाँट नदेखिएपछि प्रधानमन्त्री बालेन आफैँ अग्रसर भएका छन् । अहिले प्रधानमन्त्री बालेनको कब्जामा अर्थ मन्त्रालय छ । लामो समयसम्म प्रधानमन्त्रीको कब्जामा आफ्नो मन्त्रालय हुँदा पनि वाग्ले मौन छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले ढङ्ग नपु¥याउँदा देशको अर्थतन्त्र दबाबमा छ । लगानीकर्ताले समेत अर्थमन्त्रीलाई नपत्याउँदा बालेन अर्थमन्त्रीसँग रुष्ट देखिएका हुन् । यसबीचमा बालेनले अर्थमन्त्री परिवर्तन गर्न खोजेका थिए । तर पार्टी सभापति रवि लामिछाने त्यसमा तयार भएनन् । डा. स्वर्णिम वाग्लेलाई विज्ञ अर्थविद्को रूपमा देशको अर्थतन्त्रको जिम्मा लगाइए पनि अर्थतन्त्रमा देखिएको सङ्कटले प्रधानमन्त्री बालेनलाई निराश बनाएको छ । अर्थमन्त्री वाग्लेले बीवाईडी गाडी आयातमा कर छली गरेको खबर बाहिरिएपछि बालेन रुष्ट बनेका हुन् । अर्थतन्त्र सुधारको छनक नदेखिरहेको अवस्थामा नयाँ सरकार बनेयता सेयर बजारमा भइरहेको गिरावट र लगानीकर्तामा देखिएको निराशाले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दरार ल्याएको छ । यसबीचमा प्रधानमन्त्रीले विभिन्न क्षेत्रका व्यवसायी र उद्योगीसँग छलफल गरे । त्यसमा अर्थमन्त्री वाग्लेलाई सहभागी गराएनन् । बरु रास्वपा सांसद विदुषी राणा सहभागी भइन् । यसरी अर्थमन्त्रालयमाथि नै अघोषित कब्जा गर्दा पनि वाग्ले मपाईं नै गरिरहेका छन् ।