काठमाडौं– ठूलो आशा र अपेक्षाका साथ मन्त्रिपरिषद्मा समेटिएकाहरूबाट नै सन्तोषजनक कार्यसम्पादन हुन नसक्दा प्रधानमन्त्री बालेन्द्र शाह बेखुस बनेका छन् । जसले गर्दा प्रधानमन्त्री शाह र मन्त्रीहरुबीचको दूरी बढिरहेको छ । नयाँ जोस र ऊर्जाका साथ डेलिभरी दिने उद्देश्य राखेर प्रधानमन्त्री बनेका बालेनले आफ्नो नेतृत्वको सरकारको एक सय दिनको ‘मधुमास’ पूरा हुँदा पनि नागरिकलाई परिवर्तनको महसुस गराउन चुक्दा मन्त्रीहरूसँगको सम्बन्धमा चिसोपना आएको हो । खासगरी डा. स्वर्णिम वाग्लेलाई विज्ञ अर्थविद्को रूपमा देशको अर्थतन्त्रको जिम्मा लगाइए पनि अर्थतन्त्रमा देखिएको सङ्कटले प्रधानमन्त्री बालेनलाई निराश बनाएको छ । अर्थमन्त्री वाग्लेले बीवाईडी गाडी आयातमा कर छली गरेको खबर बाहिरिएपछि बालेन रुष्ट बनेका हुन् । अर्थतन्त्र सुधारको छनक नदेखिरहेको अवस्थामा नयाँ सरकार बनेयता सेयर बजारमा भइरहेको गिरावट र लगानीकर्तामा देखिएको निराशाले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दरार पैदा गरेको छ । जसका कारण प्रधानमन्त्री बालेन र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीचको भेटमा पनि अर्थमन्त्रीको कार्यशैलीलाई लिएर बहस छेडिएको थियो ।
देश


प्रतिक्रिया