देश

संविधान संशोधनको बहशः २४५ धारा नै संशोधन, राजा र धर्मबारे जनमत संग्रह, सक्ला रास्वपाले ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा अहिले उनको सचिवालय अर्थात् कोर टिम को दबदबा सबैभन्दा बढी देखिन्छ । राज्यसत्ताको बागडोर सम्हालिरहेको यो शक्तिशाली सचिवालयभित्र प्रधानमन्त्रीसँगको निकटताकै कारण रजगज गर्ने प्रमुख पात्र हुन्— असिम साह । फिल्म निर्देशकबाट राजनीतिमा प्रवेश गरी रास्वपाबाट समानुपातिक सांसद बनेका साह अहिले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको भूमिकामा छन् । राजनीतिक अनुभवका नाममा केवल तीन वर्ष सांसद हुनुबाहेक अन्य कुनै ठोस पृष्ठभूमि नभए पनि प्रधानमन्त्रीको शक्तिको आडमा साहले संविधान संशोधन जस्तो संवेदनशील र मत्वपूर्ण कार्यदलको संयोजकसम्म हुने अवसर पाए । तर, उनको कार्यक्षमता र राजनीतिक अपरिपक्वताका कारण संविधान संशोधनको विषय अहिले कागजी खेलौना जस्तै बन्न पुगेको छ । साहको नेतृत्वलाई अन्य राजनीतिक शक्तिहरूले स्वीकार नगर्दा र उनले दलहरूबीच आवश्यक सहमति जुटाउन नसक्दा कार्यदल पूर्ण रूपमा असफल देखिएको छ । फलस्वरूप, सबैको साझा दस्तावेज बन्नुपर्ने संविधान संशोधनको बहसपत्र अहिले विद्यार्थीले बुझाउने गृहकार्य जस्तो एकाङ्की प्रतिवेदनमा खुम्चिएको छ । यसले गर्दा सरकारले संविधान संशोधनलाई राष्ट्रिय सहमतिको साझा एजेन्डा बनाउने एउटा ऐतिहासिक अवसर समेत गुमाएको छ ।