काठमाडौं– केन्द्रमा सत्तामा पुग्ने सबै बाटो बन्द भइसकेपछि छटपटीमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपको नजर अहिले प्रदेश तर्फ मोडिएको छ । त्यसैले विभिन्न बखेडा झिकेर डेढ वर्षभन्दा कम समयावधि रहेको प्रदेश सरकारको सत्ता पक्ष बन्न उनीहरुले अनेक तिकडम सुरु गरेका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवा हुँदा बनेको गठबन्ध गगन थापाको नेतृत्वमा कांग्रेस पुगेसँगै संकटमा परेको छ । कांग्रेसले एमालेसँगको सत्ता समीकरणलाई वीट मारेर नेकपासँग सत्ता समीकरण गर्ने वा प्रतिपक्षमा बस्ने विकल्प अगाडि सारेपछि प्रदेशको सत्तामा पुग्न लुछाचुडी सुरु भएको हो । यसअघि रहेको कांग्रेस–एमालेको गठबन्धनमा दरार पैदा हुँदा फेरि प्रदेशमा अस्थिरताको जोखिम बढेको छ । आन्तरिक किचलोका बाबजुद पनि कांग्रेसले कोशीमा एमालेसँग सत्ता समीकरण टुटेको घोषणा गरिसकेको छ । यता कांग्रेसको नेतृतवमा रहेको बाग्मती प्रदेशमा पनि एमाले संसदीय दलका नेताले आफ्ना विनाविभागीय ६ मन्त्रीलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले एमालेका मन्त्रीलाई बर्खास्त गर्दा कर्णालीमा कांग्रेस र नेकपा मिलेर एमालेका यमलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । लुम्बिनी र गण्डकी पनि कांग्रेसको केन्द्रीय पदाधिकारीले एमालेसँगको सत्ता सहकार्य भङ्ग गर्न दबाव दिइसकेको छ । । कांग्रेस र एमालेबीच बढेको तिक्तताले एउटा कुनै दल सत्ताबाट बाहिरिनु पर्ने अवस्था बन्दा तीन वटै दल मिलेर अघि बढ्नसपर्ने मतहरु पनि सतहमा आएका छन् ।
देश


प्रतिक्रिया