काठमाडौं– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झन्डै दुई–तिहाइको सरकारले १०० दिन पूरा गरेसँगै सिंहदरबारभित्र होस् वा बाहिर, नागरिक स्तरबाटै सरकार ‘तमासा देखाउन उद्यत’ भएको भन्दै आलोचना हुन थालेको छ । पछिल्लो समय सञ्चारगृहको गेटमा गाडी तेस्र्याएर सिर्जना गरिएको त्रास, गणेश नेपाली लगायतका युवाले गरेको आत्मदाह र सुकुम्बासी नागरिकले पाएको सास्ती तथा मन्त्रिमण्डलका सदस्यका कामकारबाहीलाई लिएर प्रतिपक्षी दलका सांसदहरूले सडकदेखि सदनसम्म आलोचना गरिरहेका छन् । सरकारको कार्यशैली र जनजीविकाका सवालमा सरकारलाई सचेत गराउनु र झकझकाउनु प्रतिपक्षी दलको कतव्र्य पनि हो । तर पछिल्लो एक सातालाई हेर्ने हो भने बलियो सरकारको कार्यशैलीलाई लिएर सत्तारूढ रास्वपाभित्रै असन्तुष्टि तीव्र बनेको छ । सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूको कार्यशैली, सरकारका कदम र जनताका समस्यामाथि प्रतिनिधिसभा बैठक, संसदीय समितिहरू र सामाजिक सञ्जालमा आफ्नै सरकारविरुद्ध आवाज उठाउन थालेका छन् । यो असन्तुष्टि केवल सामान्य मतभेद मात्र नभएर पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष र जनसरोकारका मुद्दाहरूसँग जोडिएको छ ।
देश


प्रतिक्रिया