काठमाडौं– गत सोमबार देशभर नै खैलाबैला हुने गरी शङ्कास्पद ढङ्गले सञ्चारगृह, सुपरमार्केट र नेताका घरका गेटमा बेवारिसे तरिकाले गाडी पार्क गरिएको विषयले राजनीतिक मोड लिएको छ । प्रश्न गर्ने सञ्चारमाध्यम र प्रमुख प्रतिपक्षी दलका सभापतिकै घरअघि तेर्सिएको गाडीले संशय निम्त्याउँदा राजनीतिकरण मात्रै लिएको छैन, यसले राज्य र प्रतिपक्षबीच नै अराजकताको होडबाजी चल्दा केही दिनअघि सञ्चारगृह अघिल्तिर देखिएका दृश्यहरू बुधबार सिंहदरबारकै गेटअघिसमेत देखियो ।
सोमबार बिहानदेखि एकाएक देशका विभिन्न मिडिया हाउसअघि आवतजावतमा नै समस्या हुने गरी गाडी पार्क गरिएपछि यसलाई आतङ्ककै रूपमा हेरिएको थियो । त्यसरी पार्क गरिएका सवारीसाधन सत्तापक्षकै नेताको नाममा समेत रहेको तथ्य भेटिनु र गाडी पार्क गर्ने व्यक्ति प्रहरीकै गाडी चढेर जानुले पनि यसलाई राज्यद्वारा सिर्जित आतङ्कको रूपमा व्याख्या भइरहेको छ । अराजक शैलीमा पार्क गरिएका सवारीसाधन हटाउन प्रहरीलाई गुहारे पनि खासै तदारुकता नदेखाउनु थप आश्चर्यको विषय बन्यो ।
देश


प्रतिक्रिया