काठमाडौं– पछिल्लो समय ई–पासपोर्ट छपाइ प्रकरणमा हाई–प्रोफाइल व्यक्तिहरू धमाधम पक्राउ परिरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद तथा छपाइ प्रक्रियामा अनियमितता देखिएपछि अनुसन्धान तथा कारबाही तीव्र पारेको छ । सार्वजनिक खरिद नियमावली मिचेर ६४ लाख राहदानी छपाइको जिम्मा दुई जर्मन कम्पनीलाई दिएको भनिएको यस प्रकरणमा हालसम्म ४ जना पक्राउ परिसकेका छन् भने एक जना फरार छन् । पक्राउ पर्नेमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, लेखा अधिकृत तुलसीप्रसाद अर्याल र ठेकेदार कम्पनी मुलबाउरका नेपाल एजेन्ट मनिन्द्र मल्ल रहेका छन् । अर्को ठेकेदार कम्पनी भेरिडोसका नेपाल एजेन्ट सिद्धार्थ थापा भने फरार छन् । उनलाई पक्राउ गर्न अख्तियारले प्रहरीलाई पत्राचार गरिसकेको छ । यो प्रकरणमा लहरो तान्दा पहरो थर्कने निश्चित भएको छ ।
देश


प्रतिक्रिया